गोरखा / गोरखाको अजीरकोट गाउँपालिका वडा नम्बर ३ भच्चेक बजार शनिवार देखि सिल गरिएको छ ।
क्वारेन्टिनमा बस्दै आएका एक पुरुषलाई शुक्रवार कोरोना संक्रमण पुष्टि भएपछि भदौ २७ गते सम्मका लागि भच्चेक बजार सिल गरिएको वडा अध्यक्ष तयाराज गुरुङले बताए ।
उनको नजिकको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट टूेसिङ गर्न बजार बन्द गरिएको अध्यक्ष गुरुङले बताए ।





















