काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर एक हजार ४१ जना कोरोना भाइरसका थप नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले यसबारेमा जानकारी दिएका हुन्। उनले शनिबार भएको नियमित प्रेस ब्रिफिङका क्रममा यस्तो जानकारी दिएका हुन्। यस सँगै हाल सम्म नेपालमा संक्रमित हुनेहरूको कुल संख्या ४५ हजार २७७ पुगेको छ।
त्यस्तै, आज निको भएर घर फर्कनेहरूको संख्या १५ सय ६६ छ भने हालसम्म निको हुनेहरूको संख्या २७ हजार १२७ छ। पछिल्लो २४ घण्टामा १२ हजार ४७३ को पिसिआर परीक्षण गरिएको छ।
त्यस्तै, काठमाडौं उपत्यकामा थप ४ सय ८ सहित थपिएका छन्। जसमा ३ सय ४९ महिला र ६ सय ९२ जना पुरुष छन्। आज काठमाडौंमा ३ सय २६ जना, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जना संक्रमित थपिएका छन्। गौतमले बताए अनुसार आज देशभर १७ हजार ८ सय ७० सक्रिय संक्रमित रहेका छन्। आज १ हजार ५ सय ६६ डिस्चार्ज भएका गाैतमले बताए। १२ हजार ४ सय ७३ जनाको पिसिआर गरिएको छ। ६ हजार ५ सय ६१ क्वारेन्टाइनमा रहेका गाैतमले जनाए। त्यस्तै ६० प्रतिशत संक्रमित निको भइसकेका पनि उनले जनाए।
कोरोना भाइरस संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको ज्यान गएको छ । गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ४ महिला र १० पुरुष छन् । मृत्यु हुनेमा काठमाडौंका ८२, ६७ र २२ वर्षीया महिला र चितवनका ३५ वर्षीया एक महिला छन् ।
यस्तै सप्तरीका ५५–५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।





















