मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ ) तपाईंको लागि उक्त अवधी अनुकूल नरहला।तपाईंको अनावश्यक यात्रा तथा खर्च हुनसक्छ । आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला।व्यर्थको कार्यमा आफ्नो उर्जा,समय र पैसाको खर्च हुनसक्छ।
बृष (इ,उ,ए,ओ ,बा,बि,बु,बे,बो ) व्यापार व्यवसायमा लाभ प्राप्त होला। धनलाभ होला,उत्तम भोजन प्राप्त हुनसक्छ र सन्तानबाट पनि सन्तुष्टि प्राप्त हुनसक्ला। स्त्रीबाट पनि सहयोग मिल्न सक्छ भने स्त्री भए पुरूषबाट सहयोग मिल्नसक्छ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) कार्यसिद्धि होला,मानसम्मानमा वृद्धि होला।स्वास्थ्यले पनि साथ देला साथै उच्च अधिकारीबाट पनि साथ र हेोसला मिल्ला।तपाईंको कार्यको तारिफ हुनसक्छ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो )चन्द्रमा प्रकाशवान् भएर तपाईंको नवम भावको गोचरमा रहेको छ।तपाईंको लामो दूरीको यात्रा सफल रहनेछ । भाग्यले साथ दिनेछ।यो अवधीमा गरिएका हरेक यात्राहरू पूर्ण सफल रहनेछ।तपाईंको कार्यसिद्धि हुनेछ।उक्त अवधीमा धार्मिक स्थलहरूको भ्रमण तथा दर्शन गर्नु र दान दक्षिणाको लागि उत्तम समय रहनेछ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) स्वास्थ्यको ख्याल राख्नुहोला । मन अशान्त रहनेछ।कष्ट,रोग,घाटा,आकस्मिक संकट आदिको भय रहन्छ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) धनलाभ प्राप्त हुनसक्छ। व्यापार व्यवसायमा सन्तुष्टिजनक नतिजा प्राप्त हुनसक्ला।दाम्पत्य सुख र आफ्नो पार्टनरबाट सुख प्राप्त हुनेछ। सुखद यात्रा पनि हुनसक्ला। स्वास्थ्यले साथ देला।
तुला (रा,रि,रू,रे,रो,ता,ती,तु,ते) मन प्रसन्न रहला। धन र स्वास्थ्यलाभको साथै सुख प्राप्त होला।शत्रुमाथि विजय प्राप्त हुनेछ।तर यो समयमा व्यायमा वृद्धि हुनसक्छ। वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यी,यु) पढाइमा तथा प्रेममा सफलता ,मन प्रसन्न रहला। रचनात्मक तथा कलाकारितामा मन जाला सन्तानबाट सन्तुष्टि प्राप्त होला। धनु(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) तपाईँको मन अशान्त तथा निराश रहन सक्छ। पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला।यात्राको सम्भावना पनि रहला।यो अवधीभरी कसैसँग विवाद तथा झगडा नगर्नुहोला।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) सुख र धनको प्राप्ति हुनेछ।नयाँ वस्त्र प्राप्त हुनसक्छ। आफन्त तथा मित्र आदिबाट सहयोग र साथ मिल्ला।स्वास्थ्यले साथ देला र शत्रुमाथि विजय प्राप्त हुनेछ। पराक्रममा वृद्धि होला।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) तपाईंको समय उत्तम सिद्ध हुनेछ।छोटो दूरीको सुखद यात्रा हुनसक्छ। तपाईंको द्वितीय भावमा प्रकाशवान् चन्द्रमा गोचरमा छ। तपाईंको बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ।उत्तम भोजन प्राप्त होला साथै धनलाभ पनि रहला आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त होला।
मीन(दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) गोचरमा चन्द्रमा तपाईंको चन्द्रलग्न माथी आएको छ।उक्त अवधीभरी तपाईंको दिन अनुकूल रहनेछ।सुख र आनन्द प्राप्त हुनेछ।बस्त्र,आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ। मन प्रसन्न रहला।





















