रौतहट / रौतहटको फतुवा बिजयपुरमा लाखै अनियमितता गरेको आरोप लागेको छ । सो नगरपालिकाका स्वास्थ सहसंयोजक प्रभु पटेललाई लाखौको ंअनियमितता गरेको आरोप लागेको छ ।
नगरपालिकाका लेखापाल नबिन कुमार यादवको मिलोमतोमा क्वारेन्टाईन ,तालिम गोष्ठी तथा स्वास्य सामग्री खरीदको क्रममा लाखौं अनियमितता गरेको स्वास्थ्य संयोजकले आरोप लगाएका हुन । लेखापाल यादवको मिलोमतोमा सहसंयोजक पटेलले अषाढ मसान्तको अन्तिममा नक्कली बिल भौचर पेस गरी झण्डै ४५ लाख पेस्की लिएको सार्वजनिक भएको जनाइएको छ ।
फतुवा बिजयपुर १० दुधिअवा क्वारेन्टाईन सञ्चालनमा २५ लाख, बालपोषणमा ८ लाख,तालिममा ५ लाख ९४ हजार, खोप केन्द्र सञ्चालनमा ३ लाख ८४ हजार र मासिक बैठक भता बापत १ लाख ४५ हजार गरी कुल ४४ लाख २३ हजार सहसंयोजक पटेलले पेस्की निकालेका हुन । स्रोतका अनुसार लेखापाल नविन कुमार यादव र सहसंयोजक पटेल बिच ६०/४० प्रतिशतको भाग बण्डाको सहमतिमा सो रकम स्वास्थ संयोजक भागवत चौधरीलाई जानकारी नगराई निकासा दिएको बताइएको छ ।
स्वास्थ्य संयोजक भागवत चौधरीका अनुसार दुधिअवा क्वारेन्टाईमा बढीमा १० लाख खर्च हुन सक्ने त्यस भन्दा बढी कुनैपनी हालतमा नहुने दाबी गर्नु भएका छ । लेखापाल यादव अषाढ मसान्तमा कार्यालयमा नबसी चन्द्रनिगाहपुर बस्ने र चन्द्रनिगाहपुरकाट नै अन्य स्वास्थ्यकर्मीलाई कुनै जानकारी नै नदिएर भागबण्डा गर्ने हिसाबले गोप्य रुपमा सहसंयोजक पटेललाई निकासा दिएको आरोप लगाउनु भएको छ ।
त्यसैगरि युनिसेफद्धारा सञ्चालन गरिएको तालिमकाबारेमा पनी कुनै स्वास्थ्यकर्मीलाई जानकारी नभएको स्वास्थ संयोजक भागवत चौधरीले बताउनु भयो । संयोजक चौधरीले लेखापाल र सहसंयोजकको मिलोमतोमा मास्क,सेनिटाईजर,साबुन,ग्लोप्स,थर्मोगन,पिपिईसेट,क्वारेन्टाईमा प्रायोग हुने बिभिन्न सामग्री खरीदमा समेत अनियमितता गरेको दाबी गर्नु भएको छ । लेखापाल नविक कुमार यादवलाई पटक पटक त्यस्तो कार्य नगर्न आग्रह गर्दा समेत सो रकम निकासा गरेका देखिएकोले सो बारे छानबिन गर्ने नगर प्रमुख गोपाल प्रसाद यादवले प्रतिवद्धता जनाउनु भएको छ । तर सहसंयोजक प्रभु पटेलले आफुले कुनै किसिमको अनियमितता नगरेको बताउँदै आउनु भएको छ ।
फतुवा बिजयपुरमा स्वास्थ्य सेवामा भईरहेको अनियमिताको बारेमा चासो लिँनु हुदै त्यसको गतिबिधीबारे लिखित रुपमा माग गर्ने प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताउनु भएको छ ।





















