काठमाडौं / पछिल्लो २४ घण्टामा १ हजार ३५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरमा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार आज संक्रमित हुनेमा ४६४ महिला र ८९५ जना पुरुष रहेका छन् ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ।
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँ ३८६, भक्तपुर ३६ र ललितपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १४ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार ४ महिला र १० पुरुषले ज्यान गुमाएका हुन्।





















