काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर १२ सय २८ जना कोरोना भाइरसका संक्रमित बढेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले यस बारेमा जानकारी गराएका हुन्। उनले बिहीबार भएको नियमित प्रेस ब्रिफिङका क्रममा संक्रमितको दर नरोकिएको पनि बताए। प्रवक्ता गौतमका अनुसार हालसम्म नेपालमा संक्रिय संक्रमितको संख्या १८ हजार ४१३ छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सय ५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित थपिएका छन् । गौतमले नियमित ब्रिफिङमा बताए अनुसार आज देशभरबाट ९ सय १७ जना संक्रमित डिस्चार्ज भएका छन्।
त्यस्तै १० हजार ६ सय ७१ जना आइसोलेसनमा छन्। त्यस्तै प्रदेश २ को मा सबैभन्दा बढी सर्लाहीमा १ सय ९ जना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ।





















