काठमाडौं / नेपाली कांग्रेसले सूचना सञ्चार तथा प्रचार विभाग विस्तार गरेको छ। सभापति शेरबहादुर देउवाले पौडेल पक्षको विरोधका बाबजुत पनि सूचना, सञ्चार तथा प्रचार विभागमा ४८ सदस्य मनोनीत गरेका हुन्।
पार्टी मुख्यालय सानेपाका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ती जारी गरेर मनोनीत गरेको बताएका छन्।
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको उपप्रमुखमा डा.सुरेश आचार्य र सचिव दिनेश मगर छन्। देउवाले कांग्रेसको विधान २०१७ (संसोधन सहित) धारा २५ (९) बमोजिम विभागमा सदस्य मनोनीत गरेको पौडेलले विज्ञप्तीमा भनेका छन्।
देउवाले यस अघि नै एकलौटी ढंगले १० वटा विभागमा मनोनीत गरिसकेका छन्। देउवाले एकलौटी विभाग गठ गरेको भन्दै पौडेल पक्षले विरोध गर्दै आइरहेको छ।
मनोनीत सदस्यहरु























