“सार्वजनिक नीति: सरकार र जनता बीचको सम्बन्ध सुत्र“
“प्रत्येक सार्वजनिक नीतिमा सरकारको अनुहार प्रतिविम्वित भएको हुन्छ“
राज्यहीत एवं भलाइको लागि सरकारले अवलम्बन गर्ने दृष्टिकोण, भावि कार्यदिशा सहितको सरकारको वैधानिक औजार नै सार्वजनिक नीति हो।यस्ले Public interest protect गर्दछ।आम नागरिकको Voice, Choice and Right (VCR) पुरा गर्ने बृहत्तर मार्गनिर्देशक दस्तावेज तथा राजनैतिक प्रणालिको Out put नै सार्वजनिक नीति हो। सार्वजनिक नीति अनुमान योग्य शासकीय स्वरुप निर्धारण गर्ने माध्यम हुनुको साथै उदेश्य र कार्यक्रम बीचको सम्पर्क विन्दु र शासन सञ्चालनको आधारसमेत हो।यो बहुविधायुक्त हुने गर्छ यसले देशको समकालीन सामाजिक, राजनीतिक, सांस्कृतिक तथा आर्थिक स्थितिको झझल्को दिनुको साथै राष्ट्रिय लक्ष्य एवं उदेश्य पुरा गर्ने तर्फ कार्यक्रम तय गरी Social values Protection गर्छ।
सार्वजनिक नीति लाइ Heart, soul and Identity of governments को रुपमा लिइन्छ।यसले Influence on the life of citizens, guidance to governments and accountability links to citizens, establishes government people relation and delivery of public value लाइ आत्मसाथ गरेको हुन्छ।तसर्थ यस्लाइ public goals achieve गर्न राज्यले तय गरेको overall road map मानिन्छ।
सार्वजनिक नीति कार्यान्वयमा देखिएका समस्या
विश्वव्यापीकरण तथा उदारीकरण, परिवर्तनले सिर्जना गरेका नविनतम अवसर, तथ्य तथा तथ्याङ्क र सूचना एवं प्रविधिमा आएको परिवर्तन, Virtual and Digital democracy, Proactive government, सामाजिक सञ्जालिकरण तथा आमनागरीकमा आएको शसक्तिकरण, जनताको माग, आवश्यकता एवं चाहानाको कारणबाट समकालीन समाजको यथार्थता र वस्तुपरकतालाइ ख्याल गरी नयाँ नयाँ सार्वजनिक नीतिको माग, पहिचान, तर्जुमा, विश्लेषण तथा कार्यान्वयन हुन्छ।
नेपालका नीतिहरु उदेश्यमुलक, यथार्थपरक, कायान्वयनयोग्य र नतिजामुलक बन्न नसक्नु, सामाजिक र सास्कृतिक रुपमा ग्रहणशिलता नहुनु, अन्तरनिकाय तथा अन्तरनीतिगत समन्वय कमजोर रहनु, सक्षम कार्यान्वयन एवं अनुगमन संयन्त्र तथा सरोकारवालाको समझदारी एवं साझेदारीता नजुटाइ नीति बन्ने कार्यले सार्वजनिक नीतिको व्यवहारिक कार्यान्वयनमा जटिलता ल्याएको छ।यसैको सेरोफेरोमा रहेर नेपालमा सार्वजनिक नीति कार्यान्वयमा देखिएका समस्याहरु देहाय पहिचान गरिएको छ।
# कार्यान्वयन संयन्त्रको व्यवस्था नगरि नीति कार्यान्वयनमा जादा यसले राखेका उपलब्धि हासिल हुन सकेन ।
# प्रभावकारी सञ्चार तथा Feedback mechanism Feedback mechanism को पुर्णरुपमा पालना भएन ।
# कार्यान्वयमा Horizontal and vertical co-ordination नहुनु (केन्द्र सरकारका विभिन्न मन्त्रालय तथा विभाग तथा केन्द्रसरकार र प्रदेश सरकार एवं प्रदेश सरकार र स्थानीय सरकार बीच समन्वय)
# राजनीतिज्ञले Executive role तथा प्रशासकले Policy making role मा आफुलाइ अभ्यस्त बनाउन खोज्नु जस्ले गर्दा कार्यान्वयन योग्य नीति नबन्नु।
# व्यवहारीक रुपमा कार्यान्वयमा ल्याउनको लागि सो अनुरुपका कार्यक्रम तथा Action plan नबन्नु साथै नीति निर्माणमा हस्तक्षेप हुनु।
# लाभ लागत विश्लेषण नगरी सार्वजनिक नीति हरु बन्नु साथै आर्थिक सुनिश्चितता नगरी Implementation मा लैजानु।
# नीति तर्जुमा तथा कार्यान्वयन गर्दा Existing नीतिको output, outcome, impact on development of country/society as a whole जस्ता पक्षको Analysis नगरि पुनः नीति तर्जुमा हुनु ।
समाधानका उपायहरु
सार्वजनिक नीतिको प्रभावकारी कार्यान्वयनबाट राज्यले राखेका अपेक्षा सजिलै पुरा गर्नको लागि निम्न कदम चाल्नु उपयुक्त देखिन्छ।
# Good Theoretical Back-up हुनुपर्छ ः कुन कुरालाइ परिलक्षित गरेर सार्वजनिक नीति तर्जुमा गर्न खोजिएको हो सो कुराको वृहत Analysis गरेर मात्र नीति तर्जुमाका सबै चरण तथा प्रकृया हरु पालना गरी नीति तर्जुमा गर्ने र कार्यान्यनमा लैजानु पर्छ ।
# सार्वजनिक नीति लाइ Support गर्ने कार्यक्रम तथा कार्यान्वयन गर्ने संयन्त्र सहित Action plan बनाइ Implementation मा जानु पर्छ ।
# सार्वजनिक नीतिको असर र प्रभाव तथा लाभ लागतको सुक्ष्म विश्लेक्षण गरी सरोकारवालाको सार्थक सहभागिता जुटाइ कार्यान्वयमा लैजानु पर्छ।
# कार्यान्वयमा Horizontally and vertically अर्थात केन्द्रसरकारका विभिन्न मन्त्रालय तथा विभाग तथा केन्द्रसरकार र प्रदेश सरकार एवं प्रदेश सरकार र स्थानीय सरकार वीच सौहार्दपूर्ण तथा प्रभावकारी समन्वय र बुझाइमा एकरुपता हुनुपर्छ।
# Goals and Objectives achieve गर्न सोही बमोजिम कार्यान्वयन खाका बनाउनेः सार्वजनिक नीतिले , specific, measureable, attainable, rational and time-bound -SMART_ goals and objectives राखेको हुनुपर्छ र सो अनुसार कार्यान्वयन ः Mechanism तयार गरी कार्यान्वय गर्नु पर्छ।
# Resource Accumulation and mobilization ः सार्वजनिक नीति तर्जुमा तथा कार्यान्वयमा ःMoney, appropriate human and technical resources तथा यसको प्रभावकारी उपयोग योजना बनाइ नीति कार्यान्वयमा लैजानु पर्छ।
# सार्वजनिक नीति कार्यान्यनमा जादा स्पष्ट रुपमा Roles & Responsibilities define गर्ने, को को Involvement & Engagement रहने हो खुलाउने र समस्या आएमा Overcoming Complexity जस्ता पक्ष हरुलाइ पुर्व आकलन गरी स्पष्ट खाका तयार गरेर मात्र नीतिलाइ कार्यान्वयमा लैजानु पर्छ।
# प्रभावकारी Feedback mechanism तयार गर्नुको साथै के कारणबाट नीति कार्यान्वयन भएन र कार्यान्वयन भएका नीतिको output, outcome, impact on development of country/society as a whole जस्ता पक्षको Analysis गर्ने यसमा Research गरी आउने निष्कर्ष एवं Think tank को राय सुझाव र सल्लाह निरन्तर ग्रहण गर्ने र कमजोरी पक्षलाइ तत्काल सुधार गरी अघि बढ्ने प्रण गर्ने ।
अन्तमा: आमनागरिकको इच्छा, चाहाना पुरा गर्ने Predetermine course of action नै सार्वजनिक नीति हो।यसले नागरिक तथा सरकारलाइ जोडने Bridge को काम गर्छ।उदारीकरण तथा विश्वव्यापीकरणको मान्यतालाइ आत्मसाथ गर्दै आमनागरिकको शान्ती सूरक्षा तथा अमनचयनको माध्यमबाट ‘समृद्ध नेपाल, सुखी नेपाली ‘ पुरा गर्ने अठोट राखेको देश नेपालले सार्वजनिक नीति तर्जुमा गरेरमात्र हुदैन Action plan सहित व्यवहारीक कार्यान्वयन गर्दै हरेक नीतिको औचित्य र उदेश्य पुष्टि गर्नुपर्छ।यसको लागि एक पक्ष मात्र जिम्मेवार भएर हुदैन आ – आफ्नो क्षेत्रबाट रचनात्मक तथा सकारात्मक सहयोग, साझेदारीता, सहकार्य एवं उल्लासमय सहभागिता भएमा मात्र राज्यले तय गरेको दृण संकल्प पुरा हुने कुरामा कसैको दुइमत रहदैन।
( लेखक जगन्नाथ अर्याल भरतपुर महानगरपालिकाको लेखा अधिकृत हुनुहुन्छ )





















