मेष(चु,चे,चाे,ला,लि,लु,ले,लाे,अ) व्यापार व्यवसायमा लाभ प्राप्त हाेला,उत्तम भाेजन प्राप्त हाेला र सन्तानबाट पनि सन्तुष्टि प्राप्त हुनसक्ला।स्त्रीबाट पनि सहयाेग मिल्नसक्छ।
बृष(इ,उ,ए,अाे,बा,बि,बु,बे,बाे) कार्य सिद्धि हाेला मान सम्मानमा वृद्धि हाेला।स्वास्थ्यले पनि साथ देला साथै उच्च अधिकारीबाट पनि साथ र हेाेसला मिल्ला।तपाईंकाे कार्यकाे तारिफ हुनसक्छ।
मिथुन(का,कि,कु,घ,ङ,छ,के,काे,हा) चन्द्रमा प्रकाशवान् भएर तपाईंकाे नवम भावकाे गाेचरमा रहेकाे छ।तपाईंकाे लामाे दूरीकाे यात्रा सफल रहनेछ।भाग्यले साथ दिनेछ।याे अवधीमा गरिएका हरेक यात्राहरू पूर्ण सफल रहनेछ।तपाईँकाे कार्यसिद्धि हुनेछ।उक्त अवधीमा धार्मिक स्थलहरूकाे भ्रमण तथा दर्शन गर्नु ,दान दक्षिणाकाे लागि उत्तम समय रहनेछ।
कर्कट(हि,हु,हे,हाे,डा,डि,डु,डे,डाे) स्वास्थ्यकाे ख्याल राख्नुहाेला। मन अशान्त रहनेछ।कष्ट,राेग,घाटा,आकस्मिक संकट आदिकाे भय रहन्छ।
सिंह(मा,मि,मु,मे,माे,टा,टि,टु,टे) धनलाभ प्राप्त हुनसक्छ।व्यापार व्यवसायमा सन्तुष्टिजनक नतिजा प्राप्त हुनसक्छ।दाम्पत्य सुख रआफ्नो पार्टनरबाट सुख प्राप्त हुनेछ।सुखद यात्रा पनि हुनसक्ला। स्वास्थ्यले साथ देला।
कन्या(टाे,पा,पि,पु,ष,ण,ठ,पे,पाे ) मन प्रसन्न रहला।धन र स्वास्थ्यलाभकाे साथै सुख प्राप्त हाेला। शत्रुमाथि विजय प्राप्त हुनेछ।तर याे समय अवधीमा व्यायमा वृद्धि हुनसक्छ।
तुला(रा,रि,रू,रे,राे,ता,ती,तु,ते) पढाइमा तथा प्रेममा सफलता,मन प्रसन्न रहला।रचनात्मक तथा कलाकारितामा मन जाला।सन्तानबाट सन्तुष्टि प्राप्त हाेला।
वृश्चिक(ता,ना,नि,नु,ने,नाे,या,यी,यु) तपाईंकाे मन अशान्त तथा निराश रहन सक्छ।पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला। यात्राकाे सम्भावना पनि रहला।याे अवधिभर कसैसँग विवाद तथा झगडा नगर्नुहाेला।
धनु(ये,याे,भा,भि,भु,धा,फा,ढा,भे) सुख र धनकाे प्राप्ति हुनेछ।नयाँ वस्त्र प्राप्त हुनसक्छ।आफन्त तथा मित्र आदि बाट सहयाेग र साथ मिल्ला।स्वास्थ्यले साथ देला र शत्रुमाथि विजय प्राप्त हुनेछ।पराक्रममा वृद्धि हाेला।तपाईंकाे समय उत्तम सिद्ध हुनेछ।छाेटाे दूरीकाे सुखद यात्रा हुनसक्छ।
मकर(भा,जा,जि,जु,जे,जाे,खा,खि,खु,खे,खाे,गा,गी) तपाईंकाे द्वितीय भावमा प्रकाशवान् चन्द्रमा गाेचरमा रहेकाे छ।तपाईंकाे बाेली तथा वाणीकाे प्रभावमा वृद्धि हुनेछ।उत्तम भाेजन प्राप्त हाेला साथै धालाभ पनि रहला। आफन्त तथा परिवारजनबाट साथ र सहयाेग प्राप्त हाेला।
कुम्भ(गु,गे,गाे,सा,सि,सु,से,साे,दा) गाेचरमा चन्द्रमा तपाईंकाे चन्द्रलग्न माथी आएको छ। उक्त अवधीभरी तपाईंकाे दिन अनुकूल रहनेछ।सुख र आनन्द प्राप्त हुनेछ। वस्त्र,आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ।मन प्रसन्न रहला।
मीन(दि,दु,थ,झ,ञ,दे,दाे,चा,चि) तपाईंकाे लागि उक्त अवधी अनुकूल नरहला। तपाईंकाे अनावश्यक यात्रा तथा खर्च हुनसक्छ।आफ्नो स्वास्थ्यकाे विशेष ध्यान दिनुहाेला।व्यर्थकाे कार्यमा आफ्नो उर्जा,समय र पैसाकाे खर्च हुनसक्छ।





















