गोरखा / मंगलबार गोरखा क्याम्पसका २३ जना आंशिक प्राध्यापकले त्रि वि को निर्देशिका जलाएका हुन् । गोरखा क्याम्पसका आंशिक प्राध्यापकहरुले त्रिभुवन विश्वबिद्यालयले भदौ १ गते जारी गरेको ‘अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धी निर्देशिका २०७७’ जलाएका छन् ।
आफूहरुलाइ करार गर्नुपर्ने माग राख्दै मंगलबार आंशिक प्राध्यापकहरुले उक्त निर्देशिका जलाएका हुन् । निर्देशिका आंशिक प्राध्यापक र क्याम्पस दुवैको हितमा नभएको भन्दै आंशिक प्राध्यापक संघ गोरखा क्याम्पस इकाइले क्याम्पस हाताभित्र निर्देशिका जलाएको जनाएका छन् ।
इकईकी उपाध्यक्ष मेनुका सुवेदीका अनुसार ‘त्रिभुवन विश्वविद्यालयले जारी गरेको निर्देशिकाले हाम्रो मागलाई कत्ति पनि सम्बोधन गरेन,’ त्यसैको विरोधमा निर्देशिका जलाएका हौ ।’
माग पूरा गर्न दबाब दिँदै इकाईले यस अघि गोरखा क्याम्पस प्रमुख र लेखा शाखाको कार्यकक्षमा तालावन्दी गरेको थियो ।





















