काठमाडौं / नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई निरन्तरता दिने गरि उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले अन्तिम तयारी गरेका छन् । उनले घिसिङलाई उक्त पदमा निरन्तरता दिने गरि प्रस्ताव तयार पारिसकेका छन् ।
घिसिङको पक्षमा जनमाहोल देखे पछि सरकार उनलाई निरन्तरता दिने पक्षमा पुगेको हो । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली अहिले पनि घिसिङलाई निरन्तरता दिने बारे सकारात्मक देखिएका छैनन् । तर, मन्त्री पुनले घिसिङलाई निरन्तरता दिने गरि प्रस्ताव तयार पारेको र यस सम्बन्धमा प्रधानमन्त्री ओलीलाई पनि पूर्व जानकारी गराई सकेका छन् ।
मन्त्री पुनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि घिसिङलाई निरन्तरता दिने बारे छलफल गरेका थिए । दाहाल त सुरुदेखि नै घिसिङलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् । माहोल पनि घिसिङकै पक्षमा देखिएकोले उनलाई निरन्तरता दिन विज्ञहरुले पनि आवाज उठाईरहेका छन् । घिसिङ लोडसेडिङ अन्त्य गरेको जस एक्लै लिन खोजेको र सरकारलाई जस नदिएको भन्दै प्रधानमन्त्री ओली उनीसँग असन्तुष्ट छन् ।
कुलमान घिसिङको भदौ २९ गते देखि कार्यकाल सकिने छ ।





















