काठमाडाैं / नेपालमा थप ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन्। देशभर आज महिला ३ सय ६ र पुरुष ५ सय ९६ जना थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गाैतमले बताएअनुसार आज देशभर जम्मा ११ हजार १ सय २९ जनाको पिसिआर गरिएको छ।
आजसम्म पनि देशभरका क्वारेन्टाइनमा ७ हजार ३ सय ३७ जना क्वारेन्टाइनमा रहेका छन्। हाल देशभर सक्रिय संक्रमित संख्या १७ हजार ८ सय २२ जना छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका भित्र २ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्। गौतमका अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा सबैभन्दा धेरै १९० जना संक्रमित थपिएका छन्।
काठमाडौंमा संक्रमितको संख्या तुलनात्मक रुपमा केही घट्दा ललितपुर र भक्तपुरमा भने बढेका छन्। गौतमका अनुसार काठमाडौंमा १९० संक्रमित भेटिँदा ललितपुरमा ६७ जना संक्रमित थपिएका छन्। उता भक्तपुरमा पनि ४१ जना नयाँ संक्रमित थपिएका छन्।





















