मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) (व्यवसायमा सन्तुष्टिजनक नतिजा प्राप्त हुनसक्ला ।दाम्पत्य सुख र आफ्नो पार्टनरबाट सुख प्राप्त हुनेछ ।सुखद यात्रा पनि हुनसक्ला।स्वास्थ्यले साथ देला ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) चन्द्रमा प्रकाशवान भएर तपाईंको नवम भाबको गोचरमा रहेको छ । तपाईंको लामो दूरीको यात्रा सफल रहनेछ । भाग्यले यो अवधिमा गरिएका हरेक यात्राहरू पूर्ण सफल राख्नेछ । तपाईंको प्रायः कार्यसिद्धि हुनेछ । उक्त अवधिमा धार्मिक स्थलहरूको भ्रमण वा दर्शन गर्नु र दान दक्षिणाको लागि उत्तम समय रहनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) स्वास्थ्यको ख्याल राख्नुहोला ।मन अशान्त रहनेछ ।कष्ट,रोग,घाटा,आकस्मिक संकट आदिको भय रहन्छ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) धन लाभ प्राप्त हुनसक्छ । व्यापार व्यवसायमा सन्तुष्टिजनक नतिजा प्राप्त हुन सक्ला । दाम्पत्य सुख र आफ्नो पार्टनरबाट सुख प्राप्त हुनेछ । सुखद यात्रा पनि हुनसक्ला । स्वास्थ्यले साथ दिनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) मन प्रसन्न रहला।धन र स्वास्थ्य लाभको साथै सुख प्राप्त होला।शत्रुमाथि विजय प्राप्त हुनेछ तर यो समय अवधिमा ब्यायमा वृद्धि हुनसक्छ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) पढाइमा तथा प्रेममा सफलता,मन प्रसन्न रहला । रचनात्मक तथा कलाकारितामा मन जान सक्छ । सन्तानबाट सन्तुष्टि प्राप्त होला ।
तुला (रा,रि,रू,रे,रो,ता,ती,तु,ते) तपाईंको मन अशान्त तथा निराश रहन सक्छ । पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला। यात्राको सम्भावना पनि रहला । यो अवधिभरि कसैसँग विवाद तथा झगडा नगर्नुहोला ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यु) सुख र धनको प्राप्ति हुनेछ । नयाँ वस्त्र प्राप्त हुनसक्छ । आफन्त तथा मित्र आदिबाट साथ र हेोसला मिल्ला । स्वास्थ्यले साथ देला र शत्रुमाथि विजय प्राप्त हुनेछ ।पराक्रममा वृद्धि होला । तपाईंको समय उत्तम सिद्ध हुनेछ । छोटो दूरीको सुखद यात्रा पनि हुनसक्छ ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) तपाईंको द्वितीय भाबमा प्रकाशवान् चन्द्रमा गोचरमा छ । तपाईंको बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ । उत्तम भोजन प्राप्त होला साथै धनलाभ पनि रहला । आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त होला ।
मकर (भो,जा,जि,जु,जे,जो,खा,खि,खु,खे,खो,गा,गी) गोचरमा चन्द्रमा तपाईंको चन्द्रलग्न माथी आएको छ । उक्त अवधी भरी तपाईंको दिन अनुकुल रहनेछ । सुख रआनन्द प्राप्त हुनेछ । वस्त्र,आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ । मन प्रसन्न रहला ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) तपाईंको लागि उक्त अवधी अनुकुल नरहला । तपाईंको अनावश्यक यात्रा तथा खर्च हुनसक्छ । आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला । व्यार्थको कार्यमा आफ्नो उर्जा,समय र पैसाको खर्च हुनसक्छ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) व्यापार व्यवसायमा लाभ प्राप्त होला । धनलाभ होला। उत्तम भोजन प्राप्त हुनसक्छ र सन्तानबाट पनि सन्तुष्टि प्राप्त हुनसक्ला । स्त्रीबाट पनि सहयोग मिल्न सक्छ ।
( ज्याेतिष प्रदिप अर्याल , ठेगाना ,खैरहनी – २ ,चैनपुर , चितवन )





















