काठमाडौँ / चर्चित नायिका करिश्मा मानन्धरले नेपाल विद्युत प्राधिकरणमा पुनः कुलमानलाई निरन्तरता दिनुपर्ने बताएकी छन् ।
चार वर्ष अगाडि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका घिसिङको कार्यकाल अबको केही दिनभित्र समाप्त हुँदै छ । चार वर्ष अगाडि १८ घण्टासम्मको लोडसोडिङलाई घिसिङले हटाएका थिए ।
घिसिङलाई प्राधिकरणमा पुनः नियुक्त गराउन जनस्तरबाट नै दबाब आइरहेको बेला नायिका मानन्धरले पनि कुलमानलाई साथ दिए छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै यस्तो बताएकी हुन् । उनले लेखेकी छन्, ‘थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन्, कुलमान फेरि चाहिन्छ ।’





















