काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर ८ सय ८४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन्।
आज आज काठमाडौं उपत्यकामा मात्रै १८६ संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय ५५, भक्तपुरमा १२ र ललितपुरमा १९ संक्रमित थपिएका छन्। उनका अनुसार पछिल्लो २४ घण्टामा कुल पिसिआर १० हजार ९ सय ७१ छ ।
हाल ८ हजार ३५ जना क्वारेन्टाइनमा छन्। त्यस्तै मुस्ताङ्ग र हम्लामा संक्रमित छैनन् ।





















