काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठनको तयारीमा लागेका छन्। पार्टी भित्रको आन्तरिक समिकरण मिलाउन प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठनको तयारी गरेका हुन्।
अब हुने मन्त्रीमण्डल पुर्नगठनमा दुईजना उपप्रधानमन्त्री थप्ने तयारी उनको छ । जसमा दुई जना सचिवालय सदस्यको हल्ला छ।
वामदेव गौतम र नारायणकाजी श्रेष्ठ नेकपाको उपल्लो तहबाट मन्त्रीमण्डलमा सहभागी हुन लागेका हुन्।
प्रधानमन्त्री ओलीले यसअघि नै पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित सदस्य बनाएर उपप्रधानमन्त्री सहित महत्वपूर्ण मन्त्रालय दिने प्रस्ताव गरिसकेका छन् ।
गौतमलाई आफूपछि वरियतामा पहिलो स्थानमा राखेर ओलीले सरकारमा लैजान लागेका हुन् ।
राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले मनोनयन गर्ने एउटा सिट बाँकी छ । सोही कोटामा पार्टी उपाध्यक्ष वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाले निर्णय गरिसकेको छ । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो हप्ता मनोनयन गर्ने र त्यस लगत्तै नारायणकाजी सँगै मन्त्रीको सपथ लिनुहुने बताइएको छ ।
उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्रीका लागि प्रस्ताव गरिएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटाबाट श्रेष्ठको नाम प्रस्ताव भएको हो ।
श्रेष्ठ राष्ट्रियसभा सदस्य रहेका छन् । उनलाई कुन मन्त्रालयको जिम्मा दिने कुनै टुङ्गो नलागे पनि महत्वपूर्ण मन्त्रालय पाउने बताइएको छ । उनलाई वरियतामा प्रधानमन्त्री पछिको स्थानमा दिनुपर्ने विषय पनि हल्लामा छ ।





















