पोखरा / कास्कीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१६ का ५२ वर्षीय पुरुष हुन् ।
श्वासप्रश्वास समस्या भएर १२ भदौमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उप केन्द्रमा भर्ना भएका ती पुरुषको उपचारका क्रममा शुक्रबार राति १२ः१५ बजे मृत्यु भएको केन्द्रका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले जानकारी दिए ।
यो सँगै पोखरा प्रतिष्ठान मृत्यु हुने संक्रमितको संख्या ६ पुगेको छ । यस्तै, लुम्बिनी मेडिकल कलेज पाल्पामा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पको तानसेन नगरपालिका–८ मदन पोखरा की ३० वर्षीया महिला रहेकाी छन् ।
भदौ ७ गते कोरोना पुष्टि भएपछि आइसोलेसनमा उपचाररत ती महिलाको शुक्रबार बेलुका ६ः३० बजे मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जानकारी दिए । ती महिला मुटु रोगी समेत रहेको थिइन् ।
फाइल फोटो





















