काठमाडौं / देशभर पछिल्लो २४ घण्टामा ९२७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च ४१५ जना नयाँ संक्रमित थपिएका छन्।
जस अनुसार काठमाडौं जिल्लामा ३५० जना, भक्तपुरमा ५४ जना र ललितपुरमा ११ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।
हालसम्म ५६ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज भइसकेका जनाइएको छ। त्यस्तै हाल संक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ। देशभर हाल क्वारेन्टाइनमा रहेनको संख्या ८ हजार ९ सय ३९ रहेकाे गाैतमले जानकारी दिएका हुन्।
आज देशभरबाट १ सय ६९ जना डिस्चार्ज भएका पनि जानकारी गराइएको छ।





















