चितवन / चितवन प्रहरीले विद्यालयलाई जुवा खेल्ने अखडा बनाउने प्रधानाध्यापक सहित ११ जनालाई रंगे हात प्रहरीले पक्राऊ गर्यो।
पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा जुवा खेलिरहेका सोही विद्यालयका प्रधानाध्यापक सहित ११ जनालाई पक्राउ गरिएको थियो । इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले जुवाडेहरुको साथबाट ४५ हजार ६४० रुपैयाँ समेत बरामद गरेको छ ।उनीहरुको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताउनु भयो।
उनीहरुलाई हिजो बिहीबार दिउँसो १ बजे पक्राउ गरेको प्रहरीले घटना विवरण आज मात्र सार्वजनिक गरेको छ।चितवनमा अहिले २/३ वटा सट्टे बाजी बुग्गि खेल सहित दर्जनौ जुवाखाल सञ्चालन भइरहेको आम गुनासो छ।
केही दिन अघि मात्र प्रहरीले भरतपूर महानगरपालिका ११ मा पनि जुवाडे हरुलाई रङ्गे हात पक्राऊ गरेको थियो।





















