गोरखा / बालिका बलात्कार आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडा नं ४ गोरखाका वडा अध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
जिल्ला अदालत गोरखाले रानाभाटलाई आज विहीबार पुर्पक्षका लागि जेल चलान गरेको हो ।
स्थानीय १४ बर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष रानाभाट लाई प्रहरीले गत साउन १९ गते पक्राउ गरेको थियो ।
जिल्ला न्यायाधिश रमेशकान्त अधिकारीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
ठाकुरकान्त रानाभाट तत्कालिन नयाँ शक्तिबाट निर्वाचित वडा अध्यक्ष हुन् ।





















