काठमाडौं / कोरोना संक्रमणका कारण विहिबार विहान मात्रै ५ जनाको मृत्यु भएको छ ।त्यसैले सबै जिल्ला प्रशासन कार्यलयले सर्तक हुन आग्रह गरेको छ ।
विरगंजमा मात्रै ३ जनाको मृत्यु भएको हो । पर्साको धोविनि गाउँपालिका ३ का ७२ वर्षिय पुरुष र बाराको सुवर्ण गाउँपालिका ४ हर्दिया बस्ने २३ वर्षिय महिला र वीरगञ्ज–१४ बहुअरी बस्ने ६२ वर्षीय पुरुषको गरी ३ जनाको मृत्यु भएको हो ।
अस्पतालका अनुसार २३ वर्षिय महिलाको पेटमा ३३ हप्ताको बच्चा समेत थियो । वीरगञ्जमा मृत्यु भएका ४४ जनामध्ये ३२ जना पर्साका, १० जना बाराका र २ जना रौतहटका छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।
कोभिडसँग मिल्दोजुल्दो लक्ष्यण लिएर गत ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको गएराति भ्यान्टिलेटरमा राखेर उपचार गर्दागर्दा मृत्यु भएको हो ।
यसैगरी अर्घाखाचि स्थायी घर भएका ५५ वर्षका अर्का एक पुरुषको ललितपुरको किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
अर्का मृत्यु भएका संक्रमित पोखराकी ३२ वर्षिय महिला हुन् । उनको पनि विहिबार विहान मृत्यु भएको हो । पोखरा महानगरपालिका १२ की उनी भदौं ७ गतेबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत थिइन् ।
यो सँगै विहिबार विहान मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।





















