रौतहट / सशस्त्र प्रहरीले २८ लाख ५१ हजार ९ सय ६० रुपैया स्रोत नखुलेको रकम सहित एक पक्राउ परेका छन ।
भारतबाट नेपाल प्रवेश गरिरहेको अबस्था भारतीय नम्बर प्लेटको बिआर ३० एन ९५८० नम्बरको मोटरसाइकलमा सवार रौतहटको राजपुर नगरपालिका—९ बैरिया बस्ने २० बर्षिय दिलिप कुमार साहलाई चेकजाच गर्ने क्रममा सो रकमसहित प्रहरीले नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटबाट सशस्त्र प्रहरी उपरिक्षक सुर्य बहादुर सेनको नेतृत्वमा खटिएको अनुगमन टोलीले विहिबार विहान अन्दाजी ७. ३० बजे नियन्त्रणमा लिइएको प्रहरीले जनएको छ ।
बरामत गरिएको रकम ,मोटरसाइकल र साहलाई थप कारवाहीको लागी भन्सार कार्यालय गौरमा आजै बुझाइने सशस्त्र प्रहरी उपरिक्षक सुर्य बहादुर सेनले बताउनु भयो ।





















