न रोएर जाने हजुर
न धोएर जाने ।
रुदा रुदै थलिएको
मेरो जिन्दगानी ।।
जति बगेनी नसकीने
यी आँखाका पानी
हिजो के थियो
आज के भो मेरो जिन्दगानी ।।
हजुर कस्तो जिन्दगानी
स्वतन्त्र भै आकाशमा
उडेकी म चरी
खै कसरी अपाङ्ग भो
दुवै पंखा झरी ।।
चट्टान आई ठोकियो कि
हावा वहन नै रोकियो ।
हाँसी खुशी जिवनमा
विद्यताले खै के गर्यो ।।
अल्मलिए डोर्याउथे
मेरो हात थामी ।
उनले छोडे
अलपत्र भो मेरो जिन्दगानी ! हजुर ।।
बीच बाटोमा अल्मलिए
खोज्न कता जानी ।
दोबाटोमा अलपत्र भो
मेरो जिन्दगानी हजुर मेरो जिन्दगानी ।।
वेहोसी मै बरबराउदै
दिनहरु काटीराछु ।
एक दिन उनी आउँछन् कि
भनि आफैलाई ढाँटी राछुु ।।
हराएको भए पनि
खोजी हिड्थे होला ।
पर्खाइ मै बाटो हेरी
बित्थ्यो होला चोला ।।





















