काठमाडौं / मंगलबार साँझ सामाजिक संजाल तथा विभिन्न अनलाइन छापा माध्यममा नेपाल विद्युत प्रधिकरणमा कुलमान घिसिङ्को पुन र्नियुक्ति भएको भन्दै आएका कुराहरु असत्य भएको मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् ।
मंगलबार मन्त्रिपरिषदको बैठकमा यो विषय एजेण्डामा समेत नरहेको बताइएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ ।
उर्जामन्त्रालय स्रोतका अनुसार आजको मन्त्रि परिषदको बैठकमा कसैका बारेमा पनि सिफारिश समेत गएको छैन ।
दैनकि १८ घण्टा सम्म लोडसेडिङ्ग भोग्ने गरेको नेपालमा घिसिङ्ले लोडसेडिङ्ग मुक्त बनाएका थिए । अहिले पनि उनैलाई दोहोर्र्याउनु पर्ने जनमत छ ।





















