म मजदुर,लकडाउनको
पालना गर्दा मैले मेरो
चुल्हो बाल्न नसक्ने भएको छु
मेरो नङ्ग्रा खियाउन नपाउँदा
दिन दिनै हातमुख जोड्न नसक्दा,
भक्कानि रहेको छु।
म किसान,मेरो हरेक उत्पादन,
बजारमानपुग्दा ,निशब्द भइ
टुलुटुलु हेरेर बसेको छु
बारीको तरकारी बारीमै कुहिएको
देख्दा भाबीको अत्यार लाग्दो,
सास फेरेर बसेको छु ।
म व्यापारी,मेरो समानहरु बेच्न
नपाउँदा,भाडा भर्न नपाउँदा,
अभावहरु बढ्न थालेको छ
सपना थियो यो यहिबाट
सन्तानको भविष्य बन्छ भन्ने,
तर सपनाहरु ढल्न थालेको छ ।
म परदेशी,यहाँ कमाउँला,बचत
गरी केहि बर्ष पछि रमाउँला,भन्ने
सपनाहरु भासीदै गाको छ
यहाँ म काममा नधाउँदा,
यहाँबाट पैसा भर्न नपाउँदा,
परिवारको गाँस दिनै घट्दै गाको छ ।
नोटः कोरोनाको कारणले भन्दा पनि भोकमरीको कारणले समाजमा समस्या उत्पन्न हुने देखिएको छ।
( लेखक देविका कुवँर दुखको साथी अभियानको संयोजक हनुहुन्छ )





















