काठमाडौँ / कोरोना भाइरस संक्रमणबाट काठमाडौंका एक जना कांग्रेस नेताको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. २१ कार्यसमितिका सभापति गोविन्द रञ्जित रहेका छन् । उनको मंगलबार बिहान मृत्यु भएको हो । ६७ वर्षीय नेता रञ्जित उपचारका क्रममा बलम्बुमा रहेको सशस्त्र प्रहरीको कोरोना डेडिकेटेड अस्पतालमा मंगलबार मृत्यु भएको हो ।
उनलाई साउन २७ गते कोरोना पुष्टि भएका उनी साउन ३१ गते अस्पताल भर्ना भएका थिए । ३२ गते देखि आईसीयूमा उपचाररत थिए । अस्पतालका प्रवक्ता डा. प्रविण नेपालका अनुसार चार दिन अघिदेखि भेन्टिलेरमा राखेर उपचाररत थिए ।उनको मृत शरीर व्यवस्थापनका लागि आर्मी अस्पताल आइसकेको उनले जानकारी दिए ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार रञ्जितले २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा सुरु गरेका थिए ।





















