काठमाडौं / महासचिव विष्णु पौडेलको नेतृत्वमा गत साउन ३० गते गठित कार्यदलले भदौं ६ गते शनिबार बुझाएको सुझाव प्रतिवेदनप्रति प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट भएका छन् ।
बालुवाटार स्रोतका अनुसार ओली आफ्नो भुमिका माथि प्रतिवेदनमा सुझाव आउपछि ओली असन्तुष्ट रहेका हुन् । यसको संकेत स्वरुप ७० करोड भ्रष्टाचार काण्डमा मुछिएका पुर्व संचारमन्त्री गोकुल बास्कोटाले गरिसकेका छन् । उनले महाधिवेशनमा हुने कुरा अहिल्यै लेखेर दिन नसकिने बताएका छन् ।
मुल त ओली प्रतिवेदनका तीन कुरामा असन्तुष्ट छन् । उनले आफ्नो अधिकार पार्टी संचालनमा कटौति गरेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अधिकार दिने सुझाव मन पराएका छैनन् । त्यसैगरी ओलीले राजनीतिक नियुक्ति लगायतका सरकारका महत्वपुर्ण निर्णयमा पार्टीसँग छलफल गर्नुपर्ने कुराप्रति पनि ओलीको असन्तुष्टी रहेको छ । उनले सरकार संचालनको विषय आफ्नो भएको बताएका छन् ।
यसैगरी सरकारको समिक्षा पार्टी कमिटिमा हुनुपर्ने, स्थायी समिति तथा केन्द्रिय समितिको बैठकले सरकारको समिक्षा गर्ने र बैठक बस्ने कुरामा ओलीको असहमति रहेको हो ।
ओली सरकारको प्रतिवेदनमा प्रंशसा नगरेको प्रति समेत ओली सन्तुष्ट छैनन् । ओलीले बालुवाटारमा आफ्ना नजिककाहरुसँग सुझाव प्रतिवेदन कार्यान्वयन नगर्ने संकेत गरेका छन् ।
हिजो सोमबारका लागी अर्का अध्यक्ष प्रचण्डसँग प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम स्थगित गर्नुको कारण पनि ओलीको यहि असन्तुष्टी रहेको बताइन्छ ।
प्रधानमन्त्री ओलीले आज मंगलबार प्रचण्डसँग बालुवाटारमा छलफल गरिरहेका छन् ।





















