काठमाण्डौं / यस अघि अस्पतालहरुको बर्गीकरण गरी कोरोना देखिए वित्तिकै अन्त रिफर गरीदा बढी बिरामीको मृत्यु हुन थाले पछि सरकारले त्यो बर्गीकरण खारेज गर्दै अब सम्बन्धित अस्पतालमै उपचार गर्नु पर्ने निर्देशन जारी गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले अस्पतालमा लेवल एक दुई तीन गरी गरीएको बर्गीकरण खारेज भएको र सबै अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय भएको बताए ।
गौतमले लक्षण भएका बिरामीले अस्पतालमा बेड नपाउने र लक्षण नभएका बिरामीले अस्पतालको बिरामीले बेड कब्जा गर्ने देखिएको भन्दै लक्षण देखिएका बिरामीलाई मात्र अस्पतालमा भर्ना गर्ने बताए ।
लक्षण नदेखिएका बिरामीलाई आईसोलेसन सेन्टरमा राख्ने पनि उनले बताए ।उनले बिरामी भर्ना गर्ने कुरामा स्वास्थ्य मन्त्रालयको कुनै हस्तक्षेप नरहेको बताए ।
यसै गरी सरकारले स्वास्थ्यकर्मीमाथि दुरव्यवहार भएको विषयमा गंभीर आपत्ति जनाउदै स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिनु पर्नेमा दुरव्यवहार भएकोमा चिन्ता व्यक्त गरेको छ ।
साथै यस्तो दुरव्यवहार बिरुद्ध कार्बाही गर्न जिल्ला प्रशासन कार्यलयहरुलाई सूचना दिईसकेको डा. गौतमले जानकारी दिए ।
यस्तै नेपालमा भ्याक्सिन पनि ट्रायलको रुपमा शुरु गर्न लागिएको मन्त्रालयले बताएको छ ।
स्वास्थ्य अनुसन्धान परिषद्को गाईड लाईनमा विश्व व्यापी मान्यतामा आधारीत रहेर स्वेच्छाले भाग लिन चाहनेलाई मात्र भ्याक्सिन ट्रायल गरिने डा. गौतमले बताए ।





















