रौतहट / रौतहटको गरुडा नगरपालिकामा समुदायस्तरमा नै कोरोना फैलिएकाले सो नगरपालिकाका केही वडाहरुमा आवगमन पुर्ण रुपमा बन्द गरेको छ ।
सोमबार साझ ७ बजेदेखि भदौ १८ गतेसम्म गरुडा नगरपालिकाको वडा नम्बर १ , ३ , ४ , ५ , ६ र ९ मा पुर्ण रुपमा आवगमन निषेध गरिएको नगर कार्यापालिकाको कार्यालय गरुडाले जनाएको छ ।
गरुडाको वडा नम्बर १ मा जयनगरमा १ महिला , वडा नम्बर ३ मलाहीमा १ महिला , वडा नम्बर ४ बैरियामा ४ जना , वडा नम्बर ५ महम्मदपुरमा ४ जना , वडा नम्बर ६ पोठीयाहीमा ३ जना , वडा नम्बर ९ रघुनाथपुरमा २ जना र मलाही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी १ जनालाई कोरोना समुदायस्तरमा नै संक्रमित भएको नगरपालिकाले जनाएको छ ।
अति आवश्यक कार्य भएमा माक्सको प्रयोग र सामाजिक दुरि कायम गरेर मात्र घर बाहिर निस्कनु पर्ने गरुडा नगरपालिकाले सर्वसाधरण नागरिकलाई अपिल गरेको छ । यदि अटेर गरेमा संक्रमण रोग ऐन २०२० बमोजिम कारवाही हुने बताइएको छ नगरपालिकाले एक सुचना नै प्रकासति गरि सो क्षेत्रमा आवगमन नगर्न अनुरोध समेत गरेको नि. प्रमुख प्रशासकिय अधिकृत मो.मुस्ताक आलमले बताउनु भयो ।





















