काठमाडाैं / उपत्यकामा २२४ सहित नेपालमा थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ। यसैगरी साेमबार काठमाडाैंमा १७७ जना , भक्तपुर १४ र ललितपुरमा ३३ जना संक्रमित फेला परेका छन् ।
संक्रमित बढेसँगै कोरोनाबाट मृत्यु हुने क्रम पनि बढेको छ। पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको मन्त्रालय स्रोतले जनाएको छ। मृत्यु हुनेमा काठमाडौंका १ जना, रुपन्देहीमा ४ जना, मोरङका १ जना, सुनसरी १ जना र पर्साका १ जना रहेका छन् । थप ८ जनाको मृत्युसँगै जम्मा मृत्यु हुनेको संख्या नेपालमा १ सय ५७ जुगेको छ।
साथै १३ हजार ७ सय १५ सक्रिय संक्रमित रहेका छन् । १७५ जना साेमबार डिस्चार्ज भएका छन् ।





















