काठमाडौं / नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका मध्य केन्द्रिय कमाण्डका तत्कालिन सैन्य कमाण्डर जीवन लामा (जिमी) सहितका ८८ जना नेता कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।
कमाण्डर लामा नेतृत्वमा ब्यूरो सदस्यहरु प्रह्लाद फुयाल (जीवन), रौतहट जिल्ला पूर्व सेक्रेटरी गोपाल जिम्बालगायत विभिन्न तह र जिल्लाका ८८ जना नेताहरु जसपामा समाहित भएको पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उनीहरु ललितपुर, मकवानपुर, काभ्रे, चितवन, रौतहट, बारा, पर्सा, काठमाडौं, दोलखा, धादिङ, नुवाकोट र सिन्धुली जिल्लाका विभिन्न तहगत जिम्मेवारीमा रहेका नेताहरु हुन् । उनीहरु सबैलाई शान्तिपूर्ण स-शक्त एवं गतिशिल राजनीतिक सक्रियताको शुभकामनासहित स्वागत गर्दछौ, विज्ञप्तिमा भनिएको छ ।





















