काठमाडौं / नेपालमा शनिबार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५ सय १९ जनामा पिसिआर परिक्षण गर्दा काठमाडौं उपत्यकामा २१६ जना भेटिएका हुन् ।
काठमाडौंमा १ सय ६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जना रहेका छन् ।
नेपालमा जम्मा सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ रहेको छ । हाल आइसोलेशनमा ८ हजार ७ सय ५ आइसोलेशनमा छन् भने होम आइसोलेशनमा ३ हजार ९ सय १६ जना छन् ।
यसैगरी नेपालमा जम्मा संक्रमित हुनेको संख्या ३१ हजार १ सय १७ रहेको छ । पछिल्लो २४ घण्टामा १ सय ३६ जना निको भएर घर फर्किएको छन् भने जम्मा निको हुनेको संख्या १८ हजार ३ सय ५० रहेका छन् ।





















