काठमाडौं / सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा लगभग १२ अर्ब खर्चेको विवरण सार्वजनिक गरकेो छ।
शुक्रबार सरकारल कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न मन्त्रालय मार्फत करिब १२ अर्ब खर्च भएको विवरण सार्वजनिक गरेको हो।
तीनै तह मार्फत साउन मसान्तसम्म ओखती, ब्यवस्थापन र उपचार शिर्षकमा यो रकम खर्च भएको छ।
शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले ११ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको विवरण सार्वजनिक गरेका हुन्।
मन्त्री खतिवडाका अनुसार गत चैतदेखि साउन मसान्तसम्म कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ बराबरको खर्च गरेको जानकारी दिए ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको मन्त्री खतिवडाले बताए।
जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड, गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ।कोभिड कोषबाट १ अर्ब ३ करोड विभिन्न निकायलाई दिइएको उनले बताए।
लकडाउन खोलिएपछि पछिल्लो समय संक्रमित दिनदिनै थपिदै गएका छन्। सरकारले गरेको खर्च र पूर्ण लकडाउनको औचित्यमाथि प्रश्न उठिरहेको छ।
यस्तो छ खर्च भएको पूर्ण विवरण























