चितवन / चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राति गरिएको परीक्षणका क्रममा ११ जना महिला र १५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । बिहीबारको रिपोर्टमा स्वास्थ्यकर्मी समेत छन् ।
भरतपुर स्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकाहरु मध्ये चितवनका २२ जना छन् । उनीहरुमध्ये भरतपुर महानगरपालिकाका मात्र १९ जना छन् । ती १९ जना भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब दिएका स्वास्थ्यकर्मी तथा बिरामीहरु हुन् । संक्रमितंहरु ९ वर्ष देखि ६७ वर्ष सम्मका छन् ।
क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा बिहीबार २ जना स्टाफ नर्ससहित १० जनामा संक्रमंण देखिएको बताए । भरतपुर अस्पतालबाट स्वाब दिएकाहरु लक्षण सहित परीक्षणका लागि आएकाहरु रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।
राप्ती नगरपालिकाको वडा नम्बर २ र ८ मा क्वारेन्टिनमा बस्दै आएका तीन जनामा पनि कोरोना संक्रमण देखिएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले बताइन् ।





















