चितवन / नेपाली हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अघिल्लो दिन आज, महिलाहरुले दर खाँदैछन् । मीठा मीठा परिकारका साथ आज दर खाने चलन छ । आजको दिनमा टाढा रहेका चेलीबेटी बोलाएर दर खुवाउने गरिन्छ । तर यसपटक कोरोना भाइरस संक्रमणको जोखिमका कारण देशका अधिकांश स्थानमा निषेधाज्ञा र लकडाउन गरिएकाले यसवर्ष चेलीबेटीले आ–आफनै घरमा दर खाएर तीज मनाउँदैछन् ।
लट्रटे , खीर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूल लगायतका मीठा परिकारलाई दरको रुपमा खाने प्रचलन छ । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ ।
भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले अघिल्लो साँझ पौष्टिकतत्व भएको खानेकुरा दरका रुपमा खाने गरिएको हो । हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुने गर्दछ ।
त्यसैले दर खाने चलन बसेको बताइन्छ ।
परापूर्वकालमा देवी पार्वतीले शिवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहिताहरूले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै भोलि ब्रत बस्ने चलन रहेको छ ।
आज तीजको दर खाने दिन
आज तीजको दर खाने दिन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















