काठमाडौ / ब्यापक विरोध भएपछि संघीय संसदका कर्मचारीका लागि बनाइएकोअद्यावधिक नक्सा सहितको सांसदहरुको लोगो फिर्ता भएको छ ।
हेर्दा नै भद्धा र नराम्रो देखिएको लोगो फिर्ता भएको हो । सो लोगोघरेलु तथा साना उद्योग कार्यालयलाई फिर्ता गरिएको हो ।घरेलु तथा साना उद्योगबाट प्राप्त भएका व्याच पिनहरुमा संचरनागत र साजसज्जामा त्रुटि देखिए पछि ब्यापक विरोध भएको थियो ।
लोगो सुधार र परिमार्जनका लागि मंगलबार उद्योगलाई फिर्ता गरिदिएको संघीय संसद सचिवालयका प्रवक्ता डा।रोजनाथ पाण्डेले जानकारी दिए। घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरबाट प्राप्त भएका केही ब्याच पिनहरुमा संरचनागत र साजसज्जा सम्बन्धी केही समस्याहरु देखिएकोले सोको सुधार र परिमार्जनका लागि मिति २०७७/०५/ ०२ मा त्यस कार्यालयमा फिर्ता पठाइएको छु प्रवक्ता पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सांसदहरुले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो। कार्यव्यवस्था परामर्श समितिको सोही निर्णयअनुसार संघीय संसद सचिवालयले ३५० थान नयाँ लोगो तयार गरेको हो।
टेकवीर मुखियाले यसको डिजाइन गरेका हुन् । करिब डेढ महिना लगाएर कलाकारहरूले हातैले कुदेर नयाँ लोगो बनाएका हुन् । मुखियाले यसअघि संसद्ले प्रयोग गर्दै आएका लोगोको पनि डिजाइन गरेका थिए ।
कार्यालयले अद्यावधिक नक्सा लगायतका विषयमा परिमार्जन गरी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको विज्ञप्तिमा जनाइएको छ।





















