चितवन / भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा मिति २०७७ भदौ २ गते परिक्षण गरिएका ५०० नमूना मध्ये ३० वटा नमूनाको कोभिड १९ पुष्टी छ भने वाँकी ४७० वटा नमूना नतिजा नेगेटिभ ( Negative ) आएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।
अध्याधिक विवरण अनुसार भरतपुर अस्पताल कोभिड ल्यावमा गरिएको परिक्षणमा थप भएका नयाँ ३० मध्ये चितवनका २० जना पुष्टी भएको छ ।
२०७७ भदौ २ गते मङ्गलवार राति १२ बजे सम्ममा पुष्टी भएका २० जना संक्रमितहरु भरतपुर अस्पताल , मौलाकालिका अस्पताल , नारायणि सामूदायीक अस्पताल , होम क्वारेनटिन र चितवन मेडिकल कलेजका का छन् ।
























