काठमाडौं / नेपाली कांग्रेसको केन्द्रिय समितिले बाढी पहिरोमा उद्धार र राहतका लागि प्रथम चरणमा ३० जिल्लामा ४५ लाख रुपैयाँ सहयोग पठाएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका नाममा ३० जिल्लामा एक लाख ५० हजारका दरले सहयोग पठाइएको हो ।
कांग्रेसले हरेक मानवीय पीडामा परेका लाई केही राहत होस् भनेर काम गर्दै आएको छ , विज्ञप्तिमा भनिएको छ, ‘यसक्रममा बाढी पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्धार र राहतको जिल्ला स्तरिय अभियानलाई बल पुर्याउन ‘स्नेहको सानो सहयोग’का रुपमा उक्त रकम पठाइएको छ ।
उद्धार र राहतको अभियानका संलग्न विभिन्न तहका कार्यकर्ताको प्रशंसा गर्दै कांग्रेसले मानवीय कर्ममा थप क्रियाशीलताका लागि आव्हान समेत गरेको छ । ’कोरोनाको कहरका बेलामा बाढी पहिरोले जनधनको क्षति गरेर पीडामाथि पिडा थपिएको छ, यस्तो बेला सबैले आ–आफ्नो ठाउँबाट कर्तव्य निर्वाहमा जुट्न जरुरी छ, विज्ञप्तिमा भनिएको छ ।





















