नवलपरासी / कोरोनाबाट भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका जिल्ला उपसभापतिको निधन भएको छ । नवलपरासी सुस्ता पश्चिमका ३९ बर्षिय उपसभापति शुभाषचन्द्र गिरीको कोरोनाको कारण निधन भएको हो ।
केही समय अगाडि पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गरेका उनलाई हप्ता दिन अगाडि मात्रै कोरोना पोजेटिभ देखिएको थियो ।
उनको पित्तथैलीको अप्रेशन भैरहवा मेडिकल कलेजमा भएको थियो । अप्रेशन गरेर फर्किएपछि उनलाई कोरोना संक्रमण देखिएको थियो ।
त्यसपछि उनलाई कोरोना अस्पताल बुटबलमा लगिएको थियो । त्यहाँबाट हेलिकोप्टरबाट काठमाडौं आउन खोज्दा हेलिकोप्टर समेत नपाएको पारिवारिक स्रोतले बताएको छ ।
त्यसै गरी एम्बुलेन्स समेत नपाएपछि नवलपरासीबाट एम्बुलेन्स मगाएर काठमाडौं गएका थिए ।
उनलाई थप उपचारका लागि साउन ३० गते ललितपुरको पाटनमा लगीएको थियो । तर भदौ १ गते सोमबार भेन्टिलेटरमा राखिएको थियो । उनको मंगलबार बिहान मृत्यु भएको हो ।
उनी नेपाली कांग्रेसमा समायोजना हुँदा विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकबाट आएका थिए ।





















