भरतपुर – इनर ह्विल क्लब अफ भरतपुरले नारायणी नमुना माध्यमिक विद्यालयमा अध्ययनरत दुई छात्रालाई छात्रवृत्तिस्वरूप नगद सहयोग प्रदान गरेको छ।
क्लबले कक्षा ९ मा अध्ययनरत छात्रा सन्ध्या सापकोटा र कक्षा ६ मा अध्ययनरत सोरा सापकोटालाई कुल १० हजार रुपैयाँ सहयोग गरेको हो।
विद्यालयमा एक कार्यक्रमको आयोजना गरी क्लबकी अध्यक्ष अञ्जुदेवी शर्मा दहाल र संस्थापक अध्यक्ष मनकुमारी सेनले उक्त रकम विद्यालयका प्रधानाध्यापक रामसरण दुवाडीलाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा संस्थापक अध्यक्ष मनकुमारी सेन प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष अञ्जुदेवी शर्मा दहालले गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर विकास समितिका सदस्य शिवप्रसाद अधिकारी, क्लबकी कोषध्यक्ष अमृता पराजुली, सदस्यहरु गंगा उलक, सरिता पौडेल र सरला श्रेष्ठलगायतको उपस्थिति थियो। क्लबका सदस्य संगीता रिजाल कार्यक्रमको संयोजक रहनुभएको थियो।
कार्यक्रमको सञ्चालन क्लबकी सचिव पार्वती पौडेलले गर्नुभएको थियो। क्लबले विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पुर्याउने उद्देश्यले छात्रवृत्ति तथा सामाजिक सेवामूलक गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ।


























