कालिका – प्राकृतिक विपद्का कारण सङ्कटमा परेका नागरिकहरूको उद्धार, राहत तथा पुनर्निर्माणका लागि चितवनको कालिका नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा ३५ लाख रुपैयाँ रकम जम्मा गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख बिनाेद रेग्मीकाे अध्यक्षतामा बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले रू २६ लाख जनप्रतिनिधि तथा कर्मचारी र रू ९ लाख विपद् काेषबाट गरि जम्मा रू ३५ लाख भाेटेकाेशी बाढीपिडीतलाई यो राहत सहयोग जुटाउने निर्णय गरेको हो ।
विपद्को यस घडीमा अग्रसरता देखाउँदै नगरका जनप्रतिनिधि तथा कर्मचारीहरूले आफ्नो सेवा-सुविधा र पारिश्रमिकको अंश कट्टा गरी योगदान पुर्याउने भएका छन् ।
नगरपालिकाको विपद् कोषबाट रू ९ लाख रुपैयाँ विनियोजन गरिनेछ । यी सबै स्रोतहरूबाट सङ्कलित रकम प्रधानमन्त्री राहत कोषमा पठाइने र विपद् प्रभावित नागरिकलाई तत्काल राहत पुर्याउन सम्पूर्ण नगर परिवार एकाकार भएर लागेको उपप्रमुख बिमला तामाङले जानकारी दिनुभएको छ ।





















