अरे यार मेरा तिमी घाम मेरो
तिमी जून मेरो तिमी धाम मेरो
बनाएर आफ्नो दियौ साथ धेरै
तिमी कृष्ण मेरो तिमी राम मेरो
म आधार तिम्रो भनी ढुक्क पार्ने
तिमी खास मेरो तिमी भाम मेरो
अडेको तिमीमा छ यो जिन्दगानी
तिमी पत्र मेरो तिमी खाम मेरो
थिए भोक तिर्खा न खाना न नाना
बनी नीर आयौ तिमी माम मेरो !!
चितवन





















