निशानामा नियतीको तीर जब अचूक जान्छ
समाएर आफ्नो निधार रुदैँ – रुदैँ बटुक जान्छ।
मन्दिर छेउमा भट्टी बनाउ कहिँबाट हेर एकछिन्,
मन्दिरतिर कामुक जान्छ भट्टितिर भावुक जान्छ।
मलाई चाहिँ एउटा बेलून फुट्दा पनि कानुन लाग्यो,
ठूला ठूला मान्छेको त उपहारमै बन्दुक जान्छ।
मेरो छोरो खाडी पस्यो ,मेरो घरको भाडावाल चैँ,
यहि देशमा कमाएर बर्षैपिच्छे मुलुक जान्छ ।
लोकेन्द्र बञ्जारा झापा





















