रुवाएर जानेलाई प्यार गर्छ मुटु,रुवाउन सक्दैन
आगो लागेको वनलाई आगैले निभाउन सक्दैन
वजन थाम्न सक्दैनन् यसर्थ माफ गरिदिनु होला
हजुरका रङ्गीन सपना आँखाले सजाउन सक्दैन
बोल्न नसक्ने दाजुको आँखा अघि बहिनी लुटिईन
लुटेरा सोच्दो हो , सायद लाटोले बताउन सक्दैन
आमा बितेकै दिन भित्रिईन ,सौतेनी आमा पनि
को भन्छ ,कसैले मृत्युमा उत्सव मनाउन सक्दैन ?
गणित विज्ञान नेपाली पढाइन्छ विद्यालयहरुमा
कुनै पाठशालाले जीन्दगी विषय पढाउन सक्दैन
अर्पणा आपागाई (अनुराग )
कोशीपारी,काभ्रे





















