काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्।
बुधबार भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संसदीय गतिविधि तथा समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति भवन पुग्नुअघि अध्यक्ष दाहालले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख डीपी अर्यालसँग पनि भेट गरेका थिए।
दुई अध्यक्षबीच सङ्घीय संसद्को नियमित कामकारबाही, विधेयकहरूको प्रगति, कानुन निर्माण प्रक्रिया तथा सरकारसँगको समन्वयका विषयमा विस्तृत छलफल भएको जनाइएको छ।
लगातार राजनीतिक गतिविधि तीव्र भइरहेका बेला राष्ट्रियसभा अध्यक्षले सभामुख र राष्ट्रपतिसँग गरेको छुट्टाछुट्टै भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।





















