काठमाडौं – निजी विद्यालयले विद्यालय खोल्न माध्यमिक तहमा १० लाख र आधारभूत तहमा ५ लाख धरौटी राख्नुपर्ने भएको छ ।
यसअघि माध्यमिक विद्यालयको धरौटी दुई लाख रुपैयाँ थियो । बिहीबार सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१० औं संशोधन) मा धरौटी रकम बढाएको हो ।
अब सामुदायिक विद्यालयमा भने धरौटी रकम राख्नुपर्ने छैन । यसअघि सामुदायिक विद्यालयको माध्यमिक तह खोल्न १ लाख रुपैयाँ धरौटी राख्नुपर्ने थियो ।





















