काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा सुजन बाबु मरहट्टा नियुक्त हुनुभएको छ । कूलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्।
प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालय लगायतका सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी, पूर्वाञ्चल विश्वविद्यालयमा सुजनबाबु मरहट्टा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल र राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभलाई नियुक्त गरेका हुन् । डा. थापा यस अघि काठमाडौं विश्वविद्यालयका उपकुलपति थिए।
यद्यपि सरकारले औपचारिक घोषणा चाहिँ गरेको छैन। शिक्षामन्त्री सस्मित पोखरेलले नियुक्तिका लागि उनीहरूको नाम सिफारिस गरेका थिए।





















