काठमाडौं । नेकपा नेता वर्षमान पुन अनन्तले आफ्नो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच धेरै विषयमा समानता रहेको बताएका छन्।
रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै पुनले दुवै राजनीतिक शक्तिले स्थापित राजनीतिक निरन्तरतामा क्रमभंग गर्दै आफ्नो राजनीतिक यात्रा तय गरेको उल्लेख गरे।
उनले पृष्ठभूमि र कार्यशैली फरक भए पनि परिवर्तन, समाज रूपान्तरण र सुशासनका एजेन्डामा दुवै दलबीच निकटता रहेको बताए।
पुनका अनुसार सुशासनको मुद्दामा रास्वपा र नेकपाबीच अन्य दलहरूको तुलनामा बढी सहकार्य र समझदारी देखिएको छ।





















