चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले घण्टी बजाएर गरेका छन्।
चितवनमा आयोजित उद्घाटन समारोहमा सहभागी अतिथिहरूले सामूहिक रूपमा घण्टी बजाउँदै महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरूको पनि सहभागिता रहेको थियो।
समारोहका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली कांग्रेसका नेता गगन थापालाई घण्टी हस्तान्तरण गरेका थिए। उक्त दृश्यपछि महाधिवेशन स्थलमा उपस्थित प्रतिनिधि तथा सहभागीहरूले ताली बजाएर स्वागत गरेका थिए।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक कार्यदिशा र संगठनात्मक संरचना सम्बन्धी महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।
महाधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरूको सहभागिता रहेको छ।





















