मोरङको कानेपोखरी–२ ढिकुवाडाँगीका ७१ वर्षीय धर्मप्रसाद पोख्रेलको तीर्थस्नान गर्न गएका बेला मृत्यु भएको छ ।
गाउँबाट छोरा–बुहारी नातिसँगै शनिबार बिहान सुनसरीको सप्तकोशी–कोकाहा सङ्गममा तीर्थ स्नान गर्न गएका पोख्रेल वराहक्षेत्र मन्दिरबाट स्नान गर्न सिँढी ओर्लिंदै गर्दा अल्झेर लडेको थिए।
छोरा मोहनप्रसाद पोख्रेलले तत्काल उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको थिए। अस्पताल पुग्नासाथ डाक्टरहरूले पोख्रेललाई मृत घोषणा गरेका थिए ।
चन्द्रमास अनुसार संक्रान्ति नपरेको मासलाई पुरुषोत्तममास भनिन्छ । अर्थात् एक चन्द्र महिनाभित्र सूर्यले कुनै नयाँ राशीमा प्रवेश नपाएको अवस्था हो । पूर्वीय दर्शनमा यो मासमा भगवान् विष्णुको पूजाआजा र आराधना हुने गर्छ ।





















